Nepal's First Video FM

फिल्म कायराको ट्रेलर सार्वजनिक, आर्यन र साम्राज्ञीको गहिरो प्रेम (भिडियोसहित)

824

चर्चित अभिनेता आर्यन सिक्देल र साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्र साउन १८ गतेबाट रिलिज हुने पत्रकार सम्मेलनमा घोषणा गरीएको हो ।

राजधानीमा आइतवार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा नायक आर्यन सिग्देल, साम्राज्ञी राज्य लक्ष्मी शाह, शिशिर राना, हितेश शर्मा, टिसुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नायक आर्यन यो फिल्मका अभिनेता मात्र होइनन, निर्माता पनि हुन् र उनको ‘ड्रिम प्रोजेक्ट’ ‘कायरा’ को छायांकन भने फिलिपिन्सको मनिलामा गरिएको हो । यस चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । हेर्नुस् ट्रेलर;

 

You might also like

Comments are closed.