प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगित गरिएको छ ।
आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गरिने कार्यसूची रहेको थियो ।
बैठकमा विनियोजन विधेयक २०७५ को विभिन्न शीषकमाथि जारी छलफलमा नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले गृहमन्त्रीको उपस्थिति नभएको भन्दै नियमापत्ति गर्नुभएको थियो ।
लगत्तै काँग्रेसका सबै सांसद उठेर सम्बन्धित मन्त्रालयको छलफल हुँदा मन्त्री उपस्थित हुनुपर्ने माग गर्नुभएको थियो । सभामुख कृष्णबहादुर महराको पटकपटकको आग्रहपछि पनि काँग्रेसका सांसदले आसन ग्रहण नगरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको हो ।
Comments are closed.