Nepal's First Video FM

लागु औषध कार्ययोजना पूर्णरुपमा लागु गराउने – गृहमन्त्री थापा

660

नेपालमा लागु औषध दुव्र्यसनीको संख्या प्रत्येक वर्ष ११ प्रतिशतले वृद्धि हुने गरेको छ । सरकारले लागु औषध दुव्र्यसनीको संख्यामा कमि ल्याउन कार्ययोजना समेत अघि बढाएको छ ।

आज लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस चेतनामुलक कार्यक्रम गरि मनाईंदैछ । हरेक वर्ष जुन २६ मा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख गरिएको रहेछ । यस दिनको एउटामात्र उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो । यो दिवसको अवसरमा काठमाडौंमा गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल र सुखी नेपालीका लागि दुव्र्यसनी मुक्त समाजको आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले सरकारले ल्याएको लागुऔषध नियन्त्रण कार्ययोजना २०७५ लागु गर्न सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा लागु औषध दुव्र्यसनीको भयावह अवस्था रहेको सहभागीहरुले बताएका थिए । उनीहरुले सरकारले मात्र न्युनिकरण गर्न नसक्ने भन्दै समाजका सबै जिम्मेवार रहेको बताएका थिए । नेपालमा लागु औषध ओसार पसारको समस्या पनि जटिल रहँदै आएको छ ।

You might also like

Comments are closed.