Nepal's First Video FM

सवारीको ठक्करबाट २ जनाको मृत्यु

557

माघ २४, सवारी साधनको ठक्करबाट भिन्दाभिन्दै ठाउँमा २ जनाको ज्यान गएको छ ।  ललितपुरमा र भक्तपुरमा आज बिहान दुर्घटना भएको हो ।

भक्तपुरको मध्यपुर ठिमी न. पा. ४, चारदोबाटोस्थित सडकखण्डमा बुधबार बिहान मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बा २ क ८००६ नम्बरको मिनी ट्रकको ठक्करबाट घाइते १ जनाको जिल्ला अस्पताल, भक्तपुरमा उपचारका गराउदै गर्दा मृत्यु भएकाे हाे । मृतककाे अझै सनाखत हुन सकेकाे छैन । प्रहरीले दुर्घटनामा संलग्न सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ललितपुरको सातदोबाटोमा पनि भक्तपुरमा जस्तै सवारी साधनको ठक्करले एकजनाको मानिसको ज्यान गएको छ ।

ठक्करबाट सप्तरी स्थायी घर भएका ३५ वर्षीय सन्तोष चौधरीको ज्यान गएको जानकारी प्राप्त भएको छ ।

You might also like

Comments are closed.