Nepal's First Video FM

माकलबारीमा भेटियो निर्वस्त्र शव, मृतकको पहिचान अझै खुलेन

539

असार १३, काठमाडौंको बौद्ध माकलबारीमा अन्दाजी ३३ बर्ष उमेरका एक पुरुषको शव भेटीएको छ । सो शव खोलाको किनारमा निर्वस्त्र रुपमा फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार पुरुषको शरिरमा कपडासमेत नभएको र टाउकोको पछाडिपट्टि घाउ देखिएको छ । बिहान करिब साढे सात बजे स्थानीयबासीले शव देखेपछि बौद्ध प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेल पनि घटनास्थलमा पुगेका छन् । मृतकको पहिचान खुलेको छैन । यसबारे अझै अनुसन्धान भईरहेको पोखरेलले बताएका छन् ।

You might also like

Comments are closed.