Nepal's First Video FM

सिधाकुरा जनतासँग अंकीत झण्डा सगरमाथाको चुचुरोमा फहराउने पेम्बालाई स्वागत, रविले भने-‘कार्यक्रम प्रतिको सम्मानले थप उर्जा मिलेको छ’

481

असार १३, न्युज २४ टेलीभिजनको झण्डा सगरमाथाको चुचुरोमा फहराउने पेम्बा दोर्जे शेर्पालाई न्युज २४ टेलीभिजनले स्वागत गरेको छ ।

शेर्पाले न्युज २४ टेलीभिजनबाट प्रशारण हुने कार्यक्रम सिधाकुरा जनतासँग अंकीत झण्डा १६ मे २०१८ मा पहिलो पटक र २३ मे २०१८ मा दोस्रो पटक सगरमाथाको चुचुरोमा पु¥याएका थिए ।

१८ औँ पटक सगरमाथा आरोहण गर्दा सर्वसाधारणका सामान्य समस्यादेखि भ्रष्ट्राचार, वैदेशीक रोजगार, मानव तस्करी जस्ता बिषयमा जोडदार आवाज उठाएकाले स्वतस्फुर्त रुपमा कार्यक्रमको झण्डा सगरमाथामा पु¥याएको शेर्पाले बताए ।

नेपाल ब्रोडकास्टिङ च्यानलका अध्यक्ष अनिल जोशिले आफ्नै एकल पहलमा न्युज २४ टेलीभिजनको झण्डा सगरामाथामा पु¥याएर टेलीभिजन परीवारलाई हौसला प्रदान गरेको भन्दै शेर्पालाई धन्यावद ज्ञापन गरे ।

सिधाकुरा जनतासँग कार्यक्रम सञ्चालक रवि लामिछानेले शेर्पाको कार्यक्रम प्रतिको सम्मानले थप उर्जा मिलेको बताए । शेर्पा सबै भन्दा छोटो समयमा सगरमाथामा आरोहण गर्ने कीर्तिमानी आरोही हुन । ३८ बर्षीय शेर्पाले सन २००२ बाट अहिलेसम्म सगरमाथाको चुचुरोमा १८ पटक पाइला राखिसकेका छन् ।

You might also like

Comments are closed.