माघ २४, प्रदेश न. तीनमा राष्ट्रिय सभा निर्वाचन ललितपुरको जावलाखेलमा सुरु भैसकेको छ । मतदाताहरु लामवद्ध भएर मत हाल्ने क्रममा छन् ।
प्रदेश ३ मा ११९ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी कुल २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् ।
जावलाखेलस्थित ललितपुर महानगरपालिकाको ४ नम्बर वडा कार्यालयमा मतदान केन्द्र तोकिएको हो भने वडा कार्यालयले जावलाखेल मैदानमा मतदानको व्यवस्था मिलाएको छ ।
Comments are closed.