Nepal's First Video FM

एसईईमा एउटै विद्यार्थीका ३ नतिजा, विद्यार्थी तनावसँगै अन्यौलमा !

322

असार १४, एसईई नतिजा प्रकाशनमा परिक्षा नियन्त्रण कार्यालयको त्रुटिले एउटै विद्यार्थीको तीन फरक नतिजा आएको छ । कार्यालयले ग्रेडसिट नतिजा प्रकाशन गरेदेखि फरक-फरक दिन फरक नतिजा वेवसाइटमा प्रकाशित हुदै आएको हो ।

भैरहवाको बुद्ध ज्योती माविमा अध्यनरत प्रतिक कुमार मल्लिकको सिम्बोल नम्बर ०४८१९१६ एफ को नतिजा तीन पटक फेरबदल हुदाँ उनी निराश भएका छन् । असार १० गते हेरिएको ग्रेडसिटमा नतिजामा उनले ग्रेड बी र २ दशमलव ६० जीपीए प्राप्त गरे ।

त्यसपछि परिक्षा बोर्डले प्रकाशन भएको नतिजामा त्रुटी भएको भन्दै गल्ती स्विकारेर वेवासाइटमा अर्को नतिजा राखेको थियो । त्यसपछि असार ११ गते नतिजा जाँच गर्दा पहिलो दिन प्रकाशित भएको नतिजा भन्दा अनिवार्य अंग्रेजी र अनिवार्य स्वास्थ्यमा ग्रेड र ग्रेड प्वाइन्ट बढेर आयो र उनको जीपीए २ दशमलव ६५ पुग्यो ।

नतिजा हेरेर उनी हर्षित भए । तर उनको खुशी २४ घण्टा सम्म पनि टिक्न सकेन। उनले पुन आफ्नो नतिजा जाँच गर्दा १२ गते वेवासाइटमा राखिएको नतिजा भन्दा फरक पाए । १२ गते वेवसाइटमा राखिएको नतिजामा अनिवार्य गणित विषयमा ग्रेड सि र ग्रेड प्वाइन्ट २ दशमलव सुन्य थियो ।

तर १३ गते नतिजा जाँच गर्दा अनिवार्य गणित विषयमा घटेर ग्रेड ई र ग्रेड प्वाइन्ट सुन्य दशमलव ८ देखायो तर उनको जीपीए पनि घट्नु पर्नेमा २ दशमलव ६५ नै रह्यो । उनको ३ पटक प्रकाशित भएको तीन वटै नतिजामा विषयगत ग्रेड, ग्रेड प्वाइन्ट र जीपीएमा फेरबदल भएको छ ।

‘३ वटा प्रकाशित भएको नतिजामध्ये कसलाई सही मान्ने ? विद्यार्थी मल्लिकले प्रश्न गरे । उनले असार १७ गते कलेजमा भर्नाका लागि इन्ट्रान्स परिक्षा रहेको र उक्त कलेजमा भर्नाका लागि कुन ग्रेडसिट लिएर जाने भन्ने विषयमा अन्यौलमा परेको बताए ।

You might also like

Comments are closed.