Nepal's First Video FM

नेपाली फुटबल स्ट्राइकर बिमल घर्ती मगर मेस्सीको फ्यान होकी अर्जेन्टिनाको ? हेर्नुस् भिडियो

737

नानु संगीता कुलुङ
काठमाडौं । १४ वर्षको उमेरबाट फुटबल यात्रामा निरन्तर अगाडी बढिरहेका छन् नेपालका चर्चित फुटबलर बिमल घर्ति मगर । विमल २०१३ साफ च्याम्पियनशीपमा पाकिस्तान विरूद्ध नेपाल राष्ट्रिय फुटबल टिमका लागि गोल गरेसँगै एकाएक चर्चामा आएका थिए । विमल अन्तराष्ट्रिय फुटबलमा गोल गर्ने विश्वकै छैटौँ कान्छा फुटबलर हुन् ।

उनले हालै मात्र सिटिजन एफएमको कार्यक्रम विश्वकप फुटबलमा आफुलाई मनपर्ने खेलाडी मेस्सी र आफुलाई मनपर्ने देश अर्जेन्टिना रहेकोले अर्जेन्टिनालाई सपोर्ट गर्ने बताएका छन् । कार्यक्रम अवधिभर अहिलेसम्म फुटबल क्षेत्रमा बटुलेका अनुभवदेखि लिएर टिम क्याप्टेनको समेत अनुभव उनले सुनाए ।

अहिले विश्वकपको चर्चा जताततै चलिरहेको छ । विभिन्न कलाकारहरु, खेलाडीहरुदेखि सर्वसाधारण सारा नेपालीहरु पनि आफुलाई मन पर्ने खेलाडी र देशको जर्सी लगाएर समर्थन गरिरहेका छन् । त्यस्तैगरि नेपाली फुटबल स्ट्राइकर बिमल घर्ति मगरले हाल भैरहेको बिश्वकप २०१८ मा कुन देशले जित्छ भन्दा यस्तो भनेका छन् । हेर्नुहोस पुरा भिडियो उनले के–के भने त ?

 

You might also like

Comments are closed.