असार १५, रुसमा जारी विश्वकप फुटबल २०१८ काे प्रथम चरण अर्थात् समूह चरणका सबै प्रतिस्पर्धा सकिएका छन् । र, दाेस्राे अर्थात नकअाउट चरणका १६ देशकाे विश्वकप यात्रा अविष्मरणीय रह्याे ।
पहिलाे चरणमै राेचक प्रतिस्पर्धा भयाे, जहाँ जर्मनीजस्ता डिफेन्डिङ च्याम्पियन ८० वर्षे इतिहास ताेड्दै पहिलाेपटक प्रथम चरणबाटै बाहिरिए । विभिन्न देश र समयमा भएका विश्वकप छनाैट खेलबाट ३२ देश छानिएर विश्वकप भीडन्तका लागि रुस पुगेका थिए ।
विश्व फुटबलकाे सर्वाेच्च संस्था फिफाले ती ३२ टिमलार्इ ८ समूहमा विभाजन गरेको थियो । प्रत्येक समूहबाट दुई-दुई देश विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् । यसपालिको विश्वकपमा शक्तसशाली भनिएका टिम कमजाेर साबित भए भने कतिपय नयाँ टिम बलियाेसँग खेल्दै दाेस्राे चरण पुगेका छन् ।
अर्जेन्टिनाजस्ता चर्चित टिम समूह डी बाट मुस्किलले दाेस्राे चरण प्रवेश गरेका छन् । एसियाली मुलुकबाट जापान भाग्यले दाेस्राे चरण प्रवेश गरेकाे छ । सेनेगलसँग बराबरी स्काेर रहेकाे जापान समूह एचबाट फेयर प्लेका अाधारमा नकअाउट चरण प्रवेश गरेकाे हाे ।
नकआउट चरणमा कुन समूहबाट काे परे ?
ग्रुप ए : १) उरुग्वे २) रसिया
ग्रुप बी : १) स्पेन २) पोर्चुगल
ग्रुप सी : १) फ्रान्स २) डेनमार्क
ग्रुप डी : १) क्रोएसिया २) अर्जेन्टिना
ग्रुप ई : १) ब्राजिल २) स्विट्जरल्यान्ड
ग्रुप एफ : १) स्वीडेन २) मेक्सिको
ग्रुप जी : १) बेल्जियम २) इंग्ल्यान्ड
ग्रुप एच : १) कोलम्बिया २) जापान
Comments are closed.