Nepal's First Video FM

प्रदेश १ मा मतदान सुरु

471

माघ २४, प्रदेश १ मा बुधबार बिहान १० बजेदेखि राष्ट्रियसभाका लागि मतदान सुरु भएको छ । प्रदेश १ मा राष्ट्रिय सभाका लागि ९३ प्रदेशसभा र १३७ स्थानीय तहका २७४ समेत गरी ४११ जना जनप्रतिनिधिहरुले मतदान गर्नेछन् । प्रदेश १ का कुल ९३ प्रदेश सांसदहरुमध्ये वामपन्थी दलहरुको ६७ मत छ भने कांग्रेसका २१ प्रदेश सांसद छन् । बाँकी ५ जना अन्य दलका रहेका छन् ।

प्रदेश सांसद केदार कार्कीले भने नेपाली कांग्रेसले कुनै पनि दलहरुसँग गठबन्धन नगरी चुनावमा भाग लिने छन् । प्रदेश १ मा खुल्ला तर्फका केही सदस्यहरु निर्विरोध भइसकेका छन् । बुधबार १० बजेदेखि ३ बजेसम्म हुने प्रदेश १ को राष्ट्रियसभा चुनावमा दुई पक्षका उम्मेदवारहरु वीच मतदान भइरहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.