असार १५, एजेन्सी । अमेरिकाको म्यारिल्याण्ड राज्यका प्रहरीहरूले भनेका छन् एउटा दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
संदिग्ध हमलाकारीलाई एक जना श्वेत पुरुष भनेर चिनाइएको छ र उनलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । क्यापिटल गजेट अखबारका एक जना सम्वाददाताले बन्धुकधारीले अखबारको कार्यालयको सिसाको ढोकाबाट गोली चलाएको भन्दै ट्वीट गरेका छन् ।
राष्ट्रपति ट्रम्पकी सञ्चार अधिकारी सेराह सेन्डर्सले हत्याको निन्दा गर्दै निर्दोष पत्रकारहरूविरुद्धको आक्रमण अमेरिकामाथिको आक्रमण भएको प्रतिक्रिया दिएकी छन् ।
बीबीसीबाट साभार
Comments are closed.