Nepal's First Video FM

‘ईन्टु मिन्टु लण्डनमा’को टिजर सार्वजनिक, साम्राज्ञी युकेका हिरोसँग प्रेममा ! (भिडियोसहित)

988

कोरियोग्राफर रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘ईन्टु मिन्टु लण्डन’ मा को टिजर रिलिज गरिएको छ । अहिलेकी स्टार नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगरको जोडी टिजरमा मिलेको देखिन्छ ।

टिजरमा लण्डनको लोकेशन लोभलाग्दा देखिएको छ । कलाकार र कस्ट्युको कमिनेशन मिलेको छ । फिल्मको छायाँकन नेपाल र युकेमा गरिएको हो । फिल्ममा साम्राज्ञी र धिरजसँगै नायक शारुक ताम्रकार लगायत अन्य कलाकारको अभिनय छ ।

आइकोर फिल्मसको प्रस्तुती रहेको ईन्टु मिन्टु लण्डनमा लाई प्रभु शम्शेर जवरा र प्रज्जवल शम्शेर जवरा मिलेर बनाएका हुन् । फिल्म असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । टिजर रिलिज भएसँगै ‘ईन्टु मिन्टु लण्डन’मा प्रति दर्शकको चासो बढेको छ । यस्तो छ टिजर हेर्नुहोस्;

 

You might also like

Comments are closed.