Nepal's First Video FM

बल्छी बस्ने घरबेटी किचकिचे, महिना मर्न पाको छैन भाँडा चाहियो भनेर हैरान (भिडियोसहित)

696

लोकगीतका लोकप्रिय सर्जक रविन लामिछानेको उत्कृष्ट सिर्जना रहेको ‘किचकिचे घरबेटी’ बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय काठमाडौँमा डेरा गरी बस्नेहरुले भोगेका दुख र पीडालाई समेटेर तयार पारिएका गीतका सम्पूर्ण पक्ष निकै सबल रहेका छन् ।

घर भाडामा बस्ने र घरबेटीबीचको सम्बन्ध र व्यवहार अनि समस्यालाई गीतमा व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरिएको छ । सर्जक रविन लामिछानेले गीत समसामयिक सन्दर्भमा गीत बनेको हुँदा धेरैले मन पराउनेमा आशावादी भएको बताएका छन् ।

गीतमा भाडामा बस्नेको रुपमा आवाज रविन लामिछाने,भाडामा बस्ने केटीको आवाजमा चिजा तामाङले र घरबेटीको रुपमा राजु ढकाललको आवाज सुन्न सकिन्छ । गीतको लय, शब्द रविन स्वयमले बनाएका हुन ।

दुर्गा पौडेलले म्युजिक भिडियो निर्देशन गरेको सो गितमा सुरविर पण्डित, मरिजमान श्रेष्ठ (बल्छी ध्रुबे), रविन लामिछाने र जानुका पौडेलको अभिनय रहेको छ । युट्युबमा सार्वजनिक गरिएको २४ घण्टा नबित्दै ट्रेन्डिङमा परिसकेको छ । हेर्नुस् भिडियो;

 

You might also like

Comments are closed.