Nepal's First Video FM

विश्वकपको क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स प्रवेश, आज दुई खेल हुने !

450

असार १७, उरुग्वे र फ्रान्स विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नक आउट चरणको पहिलो खेलमा लेटिन अमेरिकी प्रतिद्वन्द्वी अर्जे्न्टिनालाई ४–३ ले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

खेलमा फ्रान्सका लागि किलियन एम्बाप्पेले दुई गोल गरे भने एन्टोनियो ग्रेजम्यान र बेन्जामिन पाभार्डले एक–एक गोल गरे । अर्जे्न्टिनाका एन्जल डि मारिया, ग्याब्रिएल मेर्कादो र सर्जियो अगुएरोले एक एक गोल फर्काए ।

जितसँगै सन् १९९८ को विश्व विजेता फ्रान्सले क्वाटरफाइनलमा स्थान पक्का गर्दा दुई पटकको विश्वकप च्याम्पियन अर्जे्न्टिना राउन्ड अफ सिक्सटिनबाटै घर फर्किएको छ । गएराति भएको अर्को खेलमा उरुग्वेका एडिन्सन काभानीले दुई गोल गरेपछि पोर्चुगल २–१ ले पराजित भएको छ ।

पोर्चुगलका लागि पेपेले १ गोल गरेका थिए । जितसँगै उरुग्वेले फ्रान्स विरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेको छ । उरुग्वे र फ्रान्सबीचको क्वाटरफाइनल खेल आगामी शुक्रबार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

यसैबिच, रुसीमा जारी विश्वकप फुटबलमा आज राति दुई खेल हुदैछ । नकआउट चरण अन्तर्गत आज राति स्पेन र आयोजक रुस तथा क्रोएसिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा भिड्न लागेका स्पेन र रुसबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । स्पेन समुह बीको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने रुस समुह एको उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाएको हो ।

अर्को खेलमा प्रतिस्पर्धा गर्न लागेका क्रोएसिया र डनमार्कबीचको खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । क्रोएसिया समुह डीको विजेताको रुपमा प्रि क्वार्टरफाईनल प्रवेश गरेको हो भने डेनमार्क समुह सीको उपविजेताको रुपमा क्रोएसियासंगको भिडन्त पक्का गरेको हो । radionrn

You might also like

Comments are closed.