नेपाल आइडलका सेकेण्ड रनरअप गायक प्रताप दासको ‘लेखे एउटा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त सार्वजनिक म्युजिक भिडियोमा केदार धितालको निर्देशनमा हरि पराजुलीको शब्द, सरोज पोखरेलको संगीत रहेको छ ।
‘लेखे एउटा’ बोलको सार्वजनिक गीतमा कमल सिंह र श्रेया कार्कीको उत्कृष्ट अभिनय रहेको छ भने बाल कलाकार बिराज ढकाल र आस्मा परियारलाई पनि देख्न सकिन्छ ।
गीतको एरेन्ज आमोस तामाङले गरेका छन् । भिडियोमा दुई प्रेमीको बाल्यकालीन समयदेखि युवावस्थासम्मको प्रेमलाई देखाइएको छ ।
बुद्ध थापाको छायांकन र निशान घिमिरेको सम्पादन रहेकाे ‘लेखे एउटा’ गीतको भिडियोलाई के क्रियसन युट्युब च्यानल मार्फत बजार सार्वजनिक गरिएको छ । हेर्नुस् म्युजिक भिडियो;
Comments are closed.