माघ २४ , राष्ट्रियसभा सदस्य चयनका लागि भएको प्रदेश ४ मा भएको निर्वाचनको मतदान सकिएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरु मतदाता थिए ।एक भोट मात्र नखसेको जानकारी प्राप्त भएको छ । प्रदेशसभा सदस्य दिपक मनाङ्गे (राजिव गुरुङ) बाहेक अरु सबैले मतदान गरेको जानकारी प्राप्त भएको छ । ५ वर्ष जेल सजाय गर्ने पुरानावेदनको फैसलालाई सर्वोच्चले सदर गरेपछि फरार भएका मनाङ्गेले सपथ पनि लिगेका छैनन् । दिउँसो ३ बजेपछिमात्र मतगणना सुरु गरिने आयोगले बताएको छ ।
Comments are closed.