असार १७, विश्वकपको प्री–क्वार्टरफाइनलबाटै बाहिरीएको क्रिष्टियानो रोनाल्डोले उरुवेलाई बधाई दिएका छन् ।
शनिबार राति भएको खेलमा उरुग्वेले २–१ गोल अन्तरले पराजय गरायो । र्पोचुगल पराजित भएपछि पोर्चुगलको कप्तान रोनाल्डोले उरुग्वेलाई बधाई दिएका हुन् । उनले उरुग्वेविरुद्ध राम्रो खेल्दा खेल्दै पनि आफ्नो टिम जित्न नसकेको उनले बताए ।
‘हामीले उरुग्वे भन्दा राम्रो खेल्यौँ तर, जसले गोल गर्छ, उसले जित्छ । हामी जित्न चाहन्थ्यौँ, प्रतिस्पर्धा पनि गर्यौँ । तर उरुग्वेलाई बधाई छ ।’ रोनाल्डोले भने ‘समग्रमा हामी आफ्नो शिर ठाडो पारेर पर्कँदैछौं । पोर्चुगलको प्रतिनिधित्व गर्न पाएको गर्व छ ।’ news24
Comments are closed.