Nepal's First Video FM

गयराति देखि झरी: मुख्य नदीहरुमा बाढीको खतरा, उच्च सतर्कतका अपनाउन मौसम विभागको आग्रह

910

असार १८, निरन्तर वर्षाको सम्भावना रहेका कारण देशका पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा रहेकोले उच्च सतर्कतका अपनाउन जल तथा मौसम पूर्वानुमहाशाखाले जनाएको छ ।

रातिदेखि भइरहेको अविरल वर्षाका कारण कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव बढेको र आज विहान देखि नै ती नदीको जलाधार क्षेत्रमा व्यापक बर्षा भएका कारण नदीमा एक्कासी पानीको मात्रा बढ्ने विभागले प्रक्षेपण गरेको छ ।

यस्तै कमला नदी जलाधारको केही स्थानमा भारी वर्षा भइसकेकाले बहाव एक्कासि बढ्ने र घट्ने अनुमान गरिए पनि सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ । तर सर्तकर्ता अपनाउन भने आग्रह गरेको छ ।

यस्तै आज कोसी, नारायणी, कर्णाली र महाकाली नदीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना बढेर गएको जनाएको छ ।

नारायणी र यसका शाखा नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । महाभारत र चुरेबाट बहने विरिङ, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई लगायत अन्य नदीमा बहाव सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको छ ।

मंगलबार कोसी, नारायणी, कर्णाली र महाकालीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना नदेखिएको प्रायः सबै मुख्य नदीमा बहाव विस्तारै घट्दै जाने अनुमान महाशाखाको छ ।

आइतबार गोरखा, धादिङ, लमजुङ, कास्कीको केही स्थान तथा सोमबार गोरखा, धादिङ, लमजुङ, कास्कीको अतिरिक्त काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, दोलखा र आसपासका जिल्लाका केही स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहाडका साना नदीमा पनि एक्कासि बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशका अधिकांश स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनसम्म हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना औँल्याएको छ । मनसुन पूर्ण रूपमा सक्रिय भएकाले अबको केही दिन वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

तीन दिनसम्म लगातार वर्षा भए पनि दिउँसो पख केही बेर वर्षा रोकिने र विशेष गरी साँझ, राति र बिहान वढी वर्षा हुने उहाँको भनाइ छ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहन मौसमविद्ले आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, विज्ञान महाशाखाले देशका अधिकांश भेगमा वर्षा र पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सबै प्रमुख नदीमा जलसतह बढ्दो क्रममा रहेको छ । सोमबार पनि देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा पश्चिम, मध्य र पूर्वी भागको मध्यपहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी चुरे र महाभारतबाट बग्ने प्रायः नदीमा बहाव बढ्ने क्रममा हुने अनुमान गरिएकाले तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा बसोवास गर्ने नागरिकलाई आइतबार र सोमबार सजकता अपनाउन भनिएको छ । हिजो आइतबार र आज सोमबार बागमती र नारायणी आसपासमा पनि सतर्क रहन आग्रह गरिएको छ ।

You might also like

Comments are closed.