Nepal's First Video FM

फिल्म फेयर अवार्डमा बिद्या र इरफान उत्कृष्ट

763

माघ ९, ६३औँ फिल्म फेयर अवार्ड घोषणा गरिएको छ ।

जसमा अभिनेत्री बिद्या बालन र अभिनेता इरफान खान उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् ।

अभिनेता राजकुमार राव अवार्डमा उत्कृष्ट एक्टर (मेल क्रिटिक) घोषित हुँदा चलचित्र ‘हिन्दी मिडियम’लाई उत्कृष्ट फिल्मको अवार्ड मिलेको छ ।

उत्कृष्ट फिल्म अवार्डका लागि बद्रीनाथकी दुल्हनिया, बरेली की बर्फी, सीक्रेट सुपरस्टार र टोयलेट एक प्रेमकथा प्रतिस्पर्धामा थिए ।

त्यस्तै उत्कृष्ट अभिनेताका लागि अक्षयकुमार, आयुष्मान खुराना, ऋतिक रोशन, इरफान खान, शाहरुख खान र बरुण धवन प्रतिस्पर्धामा थिए ।

बप्पी लहरी र माला सिन्हालाई लाइफटाइम अचिवमेन्ट अवार्ड दिइएको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.