Nepal's First Video FM

आज ५ पटकको विश्वकप विजेता ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्ने

917

असार १८, विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा सोमबार ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्ने भएका छन् । पाँच पटकको विश्वकप विजेता ब्राजिल र लेटिन अमेरिकी राष्ट्र मेक्सिको बीचको खेल सामरा एरिनामा वेलुकी पौने ८ बजे सुरु हुनेछ ।

रुसमा जारी विश्वकप फुटबलको समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो खेलमा स्विट्जरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोष्टा रिकालाई २-० ले तथा अन्तिम खेलमा सर्वियालाई २-० ले हराएको थियो ।

उता मेक्सिको भने समूह एफ को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । समूहका खेलमा जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिको स्वीडेनसँग भने पराजित भएको थियो । सोमबार राति पौने १२ वजे बेल्जियम र जापान भिड्नेछन् ।

बेल्जियम समूह जी को विजेता तथा जापान समुह एफको उपविजेताको रुपमा नकआउट चरणमा पुगेका हुन् । यसअघि हिजो भएको खेलमा क्रोएसिया र रसिया क्बाटरफाइनलमा प्रवेश गरेका छन् । क्रोएसियाले डेनमार्कलाई तथा आयोजक रसियाले स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।

मध्यराती भएको खेलको निर्णय निर्धा्रित ९० र थप गरिएको ३० मिनेटमा पनि नभएपछि टाइब्रेकरबाट लिईएको हो । जसमा क्रोएसिया ३–२ ले बिजयी भयो । हिजै भएको पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै आयोजक रसियाले ऐतिहासिक उपलब्धि हात पारेको छ । radionrn

You might also like

Comments are closed.