Nepal's First Video FM

मिनीट्रकको ठक्करबाट पैदलयात्रुको ज्यान गयो

658

माघ २४, आज बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका-४ चारदोबाटोमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ क ८००६ नंको मिनीट्रकले बाटो काट्दै गरेको पैदलयात्रुलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

ठक्करबाट घाइते भएका मध्यपुरथिमि नगरपालिका-५ दुईपोखरी बस्ने ६६ वर्षीय जगतकुमार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

प्रहरीले मिनीट्रक र चालक काभ्रे जिल्ला सिसाखानी घर भई हाल सूर्यविनायक नगरपालिका–८ जगाती बस्ने २९ वर्षीय प्रेमबहादुुर मोक्तानलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

You might also like

Comments are closed.