Nepal's First Video FM

धरानमा ग्याङ फाइट एकको मृत्यु, एक घाइते

735

असार १९, धरान–१३ मा सोमबार राति दुई समूहबीच ग्याङ फाइट हुँदा एक जना युवाको मृत्यु भएको छ । दुई समूहबीच भएको ग्याङ फाइटमा छुरा प्रहारबाट धरान–१ का २७ वर्षीय अमितकुमार राईको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

उनीहरुबीच धरान–१३ स्थित फुस्रेमा ग्याङ फाइट भएको थियो । सोही क्रममा मृतक राईको पेटमा छुरी प्रहार भएको थियो । गम्भीर बनेका उनको उपचारको क्रममा मृत्यु भएको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका प्रहरी पोष्ट प्रमुख सइ तिलक गिरीले जानकारी दिए ।

सो घटनामा धरान–१३ का सुवर्ण राई घाइते भएका छन् । घाइतेको सोही प्रतिष्ठानमा उपचार भैरहेको छ । आक्रमणमा संलग्नमध्ये एकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

You might also like

Comments are closed.