असार २०, नारायणगढ—मुग्लिङ सडक खण्ड पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । आज बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले जनाएको छ ।
अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको छ । पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ । अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ ।
Comments are closed.