Nepal's First Video FM

सानिमा विकास बैक धादिङका गाडी चालक श्रेष्ठको करेन्ट लागेर मृत्यु

906

असार २०, धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सानिमा विकास बैक धादिङका गाडी चालक ५५ वर्षीय अर्जुन भन्ने राजकुमार श्रेष्ठको बुधबार ज्यान गएको हो ।

निलकण्ठ नगरपालिका वडा ३ निवासी श्रेष्ठको बुधबार बिहान घरमा पानी तान्नेक्रममा करेन्ट लागेर ज्यान गएको धादिङ प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

You might also like

Comments are closed.