असार २०, ओखलढुंगामा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् ।
बुधबार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप च्यानमको भालदिप भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर सुनकोसी गाउँपालिका–८ का ललीमाया थापा मगर र डिल्ली दर्जीको ज्यान गएको हो । मगरको घटनास्थलमै र दर्जीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।
जीपमा सवार चार जना घाइते भएका छन् । घाइतेको सनाखत हुन सकेको छैन । घाईतेहरुको उद्धार गरि उपचारका लागि ओखलढुङ्गा अस्पताल पठाईएको छ । दुर्घटना भएको जीप सडकवाट करीब ३ सय मिटर तल खसेको सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले जानकारी दिए ।
रोकेर राखेको अवस्थामा यात्रु चढ्न खोज्दा चिप्लिएर जीप भीरबाट १ सय ५० मिटर तल खसेको स्थानीयले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताए ।
Comments are closed.