Nepal's First Video FM

१८ करोड नाइजेरियाबासीको सपना बोकेर छोरा मेस्सीसँग विश्वकपको मैदानमा भिड्दै, उता घरमा बुवाको अपहरण !

779

असार २०, एजेन्सी । नाइजेरियाको फुटबल टिमका कप्तान जोन ओबी मिकेलले विश्वकपमा अर्जेन्टिनाविरुद्धको खेल भन्दा केही समयअघि आफ्ना बाबुको अपहरण भएको खुलासा गरेका छन् । उनले यो खुलासा नाइजेरिया विश्वकपबाट बाहिरिएर घर फर्केपछि गरेका हुन् ।

गएको जुन २६ मा अपहरणमा परेका ओबीका बुवा माइकल ओबी सोमबार अपहरण मुक्त भएका हुन् । अपहरण कारीले जुन २६ मा माइकल र उनका ड्राइभरलाई बन्दुक ताकेर अपहरण गरेका थिए ।

मिकेलले आफ्ना बुवा अपहरणमा परेको कुरा विश्वकप फुटबलमा अर्जेन्टिनासँगको खेल सुरु हुनु भन्दा चार घण्टा अघि थाहा पाएका थिए । नाइजेरियाले समूह चरणको अन्तिम खेलमा जुन २६ मा लियोनल मेस्सीको टिम अर्जेन्टिनासँग खेलेको थियो ।

यो खेलमा नाइजेरिया २–१ ले पराजित भएर समूह चरणबाटै घर फर्किन बाध्य भयो । ‘मैले दोस्रो पटक बुवा गुमाउने डरमा समय बिताउनु पर्‍यो र यो निकै डर लाग्दो कुरा हो । आज मेरो बुवा अपहरणमा पर्नुभयो, भोलि अरु कोही पर्न सक्छ ।

उनीहरुलाई पनि यस्तै भय हुनेछ । देशको सुरक्षा अवस्था निकै डर लाग्दो छ ।’ मिकेलले भने-‘म पूर्णरुपमा विक्षिप्त भएको थिएँ । म विश्वकपको मैदानमा उत्रने नउत्रने पुरै दोधारमा थिएँ, तर अन्तिममा १८ करोड नाइजेरियाबासीको आशमा आगाडी पुर्‍याउने बाचा सहित मैदानमा उत्रिएँ ।’

चेल्सीका पूर्व मिडफिल्डर मिकेलले बुवा अहरणमा परेको कुरा टिम बसमार्फत सेन्ट पिटर्सबर्ग रंगशाला जाँदै गर्दै परिवारका सदस्यले गरेको टेलिफोनबाट थाहा पाएका थिए । परिवारका सदस्यले उनलाई अपहरणकारीको नम्बरमा फोन गर्न भनेका थिए ।

उनका बुवाको सात वर्षमा दोस्रो पटक अपहरण भएको थियो । कप्तान ओबीले देशमा सुरक्षाको अवस्था डरलाग्दो रहेको बताएका छन् । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ । news24

You might also like

Comments are closed.