Nepal's First Video FM

बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या २२ पुग्यो, मृतकका परिवारलाई एक लाख दिने सरकारको घोषणा

1,044

असार २०, तीन दिन यता बाढी तथा पहिरोबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । दुई जना अझै वेपत्ता भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जानेक्रम उस्तै छ भने तराईका विभिन्न भागमा डुवान भएको छ । बाढी र पहिरोबाट अहिलेसम्म ८ जना गम्भीर घाईते भएका छन् । बाढीका कारण पहाड र तराई क्षेत्रका १५ जिल्ला प्रभावित भएका छन् ।

बाढी र पहिरोका कारण हालसम्म वाँकेमा ४ जना, रोल्पामा ३ जना, सिन्धुली, पर्सा, सर्लाही जिल्लामा २/२ जनाको मृत्यु भएको छ । कैलाली, चितवन, काठमाडौं, तनहुँ, उदयपुर, सिराह, दाङ, र महोत्तरीमा १/१ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, सर्लाही र तनहुँमा गरि २ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी राखिएको गृह मन्त्रालयले जनाएको छ । सरकारले प्राकृतिक प्रकोपबाट घाइते भएमा ५० हजार र मृत्यु भएमा १ लाख रुपैयाँसम्म राहत दिने व्यवस्था छ । news24

You might also like

Comments are closed.