जारी विश्वकपको सुरुमा नेयमारको प्रदर्शन सन्तोषजनक नभएपनि मेक्सीकोविरुद्धको खेलमा उनको प्रदर्शन राम्रो रह्यो । तर, जारी विश्वकपमा उनी एउटा कुराले निकै आलोचित छन् त्यो हो खेल दौरान हुने उनको नौटंकी ।
उनको प्रदर्शन राम्रो हुने गरेको भएपछि उनको हर्कतले उनको आलोचना बढिरहेको स्वयं ब्राजिलियन पत्रिकाहरुले नै लेखेको इएसपीएनमा उल्लेख छ । ब्राजिलको एक पत्रिकाले त ‘नेयमार विश्वको आकर्षण हुन् तर उनको हर्कतले समर्थकहरुलाई दिक्क बनाएको छ ।’ भनेर कभर स्टोरी नै तयार पारेको छ । नेयमार हरेक खेलमा दर्जन पटकभन्दा बढी लड्छन् । अनावश्यक रुपमा नौटंकी गर्छन् । त्यस्तो हर्कतले उनले कयौं पटक राष्ट्रिय तथा क्लब खेलमा पहँलो कार्ड पनि पाएका छन् । अनि फुटबल समर्थहरु उनको खरो अलोचनामा उत्रिन्छन् । यो हर्कत कहिलेसम्म !
सोमबार राति मेक्सीकोसँगको खेलमा पनि नेयमारले आवश्यकताभन्दा बढी नै प्रतिक्रिया दिए । खेलको ७० औं मिनेटतिर मेक्सिकोका सेन्टरब्याक मिगुएल लायुनले बल नियन्त्रणमा लिने क्रममा नेइमारको गोलीगाँठोमा खुट्टाले छोए । त्यसपछि नेयमारलाई के चाहियो त्यसै बुत्रु–बुत्रु जिउ उर्फादै कराउन थाले साँचै गम्भीर घटना नै भएको हो की भनेर रेफ्री आए । भीएआरको पनि सहयोग लिए । तर, उनले पनि थाहा पाए नेयमारले नाटक मात्रै गरेका रहेछन् । धन्न नेयमार पहँलो कार्डको शिकारबाट बँचे ।
उक्त घटनामा रेफ्रीले फाउल नभएको भनेपछि नेयमार सकुशल उठेर खेल खेल्न थाले । त्यसपछि समाजिक संजालमा नेयमारको ट्रोलको वर्षा भयो ।
एक जर्मन पत्रकारले त नेयमारको यो बानी नै हो भनेर ट्वीट समेत गरे । खेलपछि नेयमारले पतिक्रिया दिँदै मेरो पीडालाई बेवास्ता गरेको भनेर आफूलाई बचाउने प्रयास समेत गरे । उता मेक्सीकन प्रशिक्षक आन कार्लोस ओसोरिओले फुटबललाई नेयमारजस्तो खेलाडीले लाजमर्दो बनाएको बताए । साथै उनले नेयमारको त्यस्तो हर्कतले खेलको समयमात्रै बर्बाद भएको प्रतिक्रिया दिए ।
त्यसोत नेयमारले मेक्सीकोविरुद्धको खेलमा पनि अनावश्यक नौटंकी गर्नसक्ने भन्दै मेक्सीकोका क्याप्टेन आन्द्रेज गुआर्दादोले पत्रकारसम्मेलन मार्फत नै रेफ्रीलाई सचेत गराएका थिए । सोही कारणले नै हुनसक्छ रेफ्रीले सोमबार रातिको खेलमा नेयमार रोएको, कराएको, उफ्रेको नाटक गर्दा पनि धेरै बेरपछि प्रतिक्रिया दिएको बिभिन्न समाचार मध्यमहरुमा आएका छन् ।
Comments are closed.