फिल्म ‘रोमियो एण्ड मुना’को स्याड भर्सन गीत रिलिज भएको छ । गीतमा विनय श्रेष्ठ ‘रोमियो’ र सृष्टि श्रेष्ठ ‘मुना) घर फर्कदै छन् । गीतमा धरानबाट रोमियो काठमाडौँतर्फ हानिदै छन् भने मुना आफ्नो गाउँ फिरेकी छन् ।
‘साँझ पर्यो’ बोलको मार्मिक गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ भने शब्द सिर्जनामा कालीलाई एकतारेले सहयोग गरेका छन् । गीतमा स्वर भने गौरव डगाओंकर छ ।
नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’मा विनय र सृष्टि शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । यी सँगै फिल्ममा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको अभिनय छ ।
फिल्म निर्माणमा प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले निर्माण गरेका छन् । साउन ११ गते रिलिज हुने फिल्मले प्रचार-प्रसारलाई तिब्रता दिइरहेको छ । हेर्नुस् भिडियो;
Comments are closed.