म उग्र समर्थक होइन तर १९९० मा पहिलोपटक वर्ल्ड कप हेरे मेरीडोनाको खेलले प्रभावित भए : गायक हेमन्त शर्मा
नानु संगीता कुलुङ
काठमाडौं । यतिबेला विश्व नै विश्वकपमय बनेको छ । त्यस्तै नेपाल पनि के कम । अहिले धेरै जसो नेपालीहरु पनि आफुलाई मन पराएको देश तथा खेलाडीको जर्सी लगाएर सपोर्ट गरिरहेका छन् ।
त्यसैगरी सिटिजन एफएमले वर्ल्ड कप एस्पेसियल कार्यक्रम पनि संचालन गर्दै आइरहेको छ भने कहिले नेपालका चर्चित व्यक्तित्वहरु सँग रमाइलो भलाकुसारीको साथमा आफुले सपोर्ट गरेको देश, खेलाडी र कुन देशले यसपालिको वर्ल्ड कप जित्ला त ? इत्यादी कुराहरु पनि बेला बेलामा अतिथिसँग राख्दै आइरहेको छ ।
सोही अनुरुप नेपाली साङ्गेतिक क्षेत्रका लोकप्रिय गायक हेमन्त शर्माले समर्थन गरेका देश र उनको सांगेतिक यात्रामा सम्बन्धित रहेर कुराकानी गरिएको छ । गायक शर्मा भन्छन्-म उग्र समर्थक होइन तर जब मैले १९९० मा पहिलोपटक मैले वर्ल्ड कप हेरे त्यतिबेला मेरीडोनाको वर्ल्ड वाइड पपुलारिटी र राम्रो छबी सबै राम्रो भएकोले प्रभावित भए जहिल्यै हेर्न थाले तर कहिल्यै जितेन ।
यस्तै यस्तै रमाइलो अनि अन्य थप कुराहरु थाहा पाउनका लागि तलको भिडियो पुरा हेर्नुस्;
Comments are closed.