माघ २४, बुधबार बिहान ५ बजे चारदोबाटोमा काठमाडाैंबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ क ८००६ नंको मिनीट्रकले बाटो काट्दै गरेको पैदलयात्रुलाई ठक्कर दिएको छ । ठक्करबाट घाइते भएका मध्यपुरथिमि नगरपालिका-५ दुईपोखरी बस्ने ६६ वर्षीय जगतकुमार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको
क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
प्रहरीले मिनीट्रक र चालक प्रेमबहादुुर मोक्तानलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान गरिरहेको छ ।
Comments are closed.