Nepal's First Video FM

आगलागीबाट एक घर जलेर नस्ट, १० लाख बराबरको धनमाल जल्यो

842

असार २२, रसुवा जिल्लामा शुक्रबार बिहान भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ भिमली गाउँका हरिप्रसाद घिमिरेको एकतले घर जलेर नष्ट भएको हो ।

आगलागीबाट घर, एक चौपाया, नगद र सुनसहित १० लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि स्थानीय बासिन्दाका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

You might also like

Comments are closed.