Nepal's First Video FM

लाइसेन्स सेवा पुन सुचारु, बन्द भएको सवारी लाइसेन्सको फारम साउन १ गतेदेखि खुल्ला हुदैँ !

1,015

असार २२, काठमाडौं । यातायतको लाइसेन्स फारम साउन १ गते देखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले एक महिना अघिदेखि बन्द गरेको लाइसेन्स परिक्षाको अनलाईन फारम खुल्ला गर्न लागको हो ।

आन्तरिक हिसाब तथा अडिट गर्न भन्दै विभागले अनलाइन फारम बन्द गरेको थियो । विभागले आज एक सुचना जारी गर्दै मोटरसाइकल, लाइट हेभि गाडीको लगायतको सवारी लाइसेन्स परिक्षाको लागि अनलाईन फारम १ गते देखि देशभर खुल्ला हुने जानाकारी गराएको हो ।

लाइसेन्स लिनको लागि सेवा पुन सुचारु भएको छ । विभागले ड्राइभर भिसामा विदेश जान चाहने, नेपाली सेना, नेपाल प्रहरी, मिसनमा जान चाहने व्यक्तिका लागि भने इमर्जेिन्स लाइसेन्स वितरण गर्दै आएको थियो ।

You might also like

Comments are closed.