असार २२, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा परिवर्तका संकेतहरु देखीएको बताएका छन् ।
योगमाया सामाजिक आन्दोलन सतवार्षिकी तथा ७८ औँ स्मृति दिवस समारोहलाई प्रज्ञा प्रतिष्ठानमा शुक्रबार सम्बोधन गर्दै प्रचण्डले जनयुद्ध र जनआन्दोलन लगायतका आन्दोलनको प्रतिफल स्वरुप महिला सहभागिता संवैधानिक रुपमा नै सुरक्षित भएको बताए ।
देशमा केही पनि प्राप्त भएन भन्नु सहिदहरूको अपमान भएको बताउदै उनले राज्यको नीति निर्माण गर्ने तहमा ३३ प्रतिशत महिला प्रतिनिधित्व ठुलो कुरा भएको बताए ।
राणाशासन विरुद्ध सामाजिक क्रान्तिको नेतृत्व गरेकी योगमायाको बलिदान खेर नगएको बताउँदै प्रचण्डले जनयुद्धमा आफूले उनका कयौँ अनुयायीहरूको बलिदानी भोगेर आएको उनले बताए ।
Comments are closed.