Nepal's First Video FM

चोरीको विद्युत् सर्ट भएर करेन्ट लागी गम्भीर घाईते बालकको मृत्यु

938

असार २४, सर्लाहीको ब्रम्हपुरी गाउँपालिका– ७ नोकेल्वामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

आइतबार बिहान घरमा खेलिरहेका बेला स्थानीय उमाशंकर यादवका ३ वर्षीय छोरा बृजकुमार यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घरमा चोरीको विद्युत् सर्ट भएर करेन्ट लागी गम्भीर घाईते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ लाँदै गर्दा बाटैमा ज्यान गएको बताइएको छ ।

You might also like

Comments are closed.