माघ २४, बारामा ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
कलैयाबाट काम सकेर आफ्नो घर सिसहनियातर्फ साइकलमा जाँदै गरेकी कलैया उपमहानगरपालिका-२५ बस्ने जीवथ ठाकुरको १३ वर्षीया छोरी निवा ठाकुरलाई अगाडिको आल्फावेट नम्बर प्रष्टरुपमा नखुलिए पनि १४१० नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आई ठक्कर दिँदा ठाकुरको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक भने फरार रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुनेश्वर साहले जानकारी दिए । रासस
Comments are closed.