नानु संगीता कुलुङ
काठमाडौं । कलाकारिता होस् वा पत्रकारिता दुवैका एक नक्षेत्र गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङको भाषिक गित ‘सानीवा खाप्चाये मिक्वा हुप्स्चाये’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शनिबार दिउसो ठिक ३ बजे कुलु गुस्खमको कार्यालय सरस्वतीनगर, काठमाडौंमा ७७ वर्षिया माता फैलीमाया कुलुङको हातबाट सार्वजनिक गरेका हुन् । भिडियोलाई माकुलुङ टेलिभिजन, दियामिडिया र इन्डिजिनस टेलिभिजनद्धारा एकैसाथ सार्वजनिक गरिएको हो ।
‘सानीवा’ एल्बममा रहेकोे किराँती कुलुङ भाषिक गीत ‘सानीवा खाप्चाये मीक्वा हुप्स्चाये’ नामक म्युजिक भिडियोलाई अंग्रेजीमा समेत सव-टाइटल रहेको कारण अन्य समुदायका व्यक्ति/मानिसले पनि राम्ररी बुज्न सक्ने हुदाँ सोचेको भन्दा निकै उत्कृष्ट भिडियो बनेको अजयको दाबी छ । सो अवसरमा नेपाल किराँत कुलुङ क्षेत्रका अग्रणी व्यक्तित्वहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
आफ्नो मौलिक परम्परा, सस्कृति र भाषा धर्मलाई उजागर गर्नका लागि अनवरत रुपमा लागिरहेका गायक तथा संगीतकार अजय अलङकारले थुप्रै गित संगीतसँगै विभिन्न टेलिभिजन कार्यक्रम पनि संचालन गर्दै आइरहेका छन् ।
चर्चित गायिका आभा मुकारुङको सुमधुर आवाजमा रहेको सार्वजनिक गीतमा रिना लिम्बु, सृजन कुलुङ, फैलीमाया कुलुङ र अजय स्वयंको उत्कृष्ट अभिनय देख्न सकिन्छ । अजय अलङकारको शब्द, संगीत रहेको उक्त गीतको भिडियोलाई दिपक चाम्लिङले छायाँकन गरेका हुन् ।
गीतमा सृजन कुलुङको सम्पादन छ भने पविधन खालिङले एरेन्ज गरेका छन् । अजय अलङकार र दिपक चाम्लिङको संयुक्त निर्देशनमा रहेको म्युजिक भिडियोलाई माकुलुङ टेलिभिजन परिवरले बजारमा ल्याएको हो । हेर्नुस् गीतको म्युजिक भिडियो;
Comments are closed.