Nepal's First Video FM

कमाउन गएका श्रीमानको शव आएपछि श्रीमति बेहोस: अझै खुलेन होस, परिवार संकटमा

882

असार २४, शुक्रबार मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा परि एकै गाँउका ३ जनाको मृत्यु भएपछि दाङको राप्ती गाँउपालिका ३ सुकुमवासी टोल शोकमा डुबेको छ ।

राप्ती गाउँपालिका ३ सुकुम्वासी टोलकी ३१ वर्षिय कविता घर्ती, कैलाली घर भइ सुकुम्वासी टोलमा माइतीघर भएकी २२ वर्षिया विन्ती घर्ति र सोही गाउँ निवासी ६५ नम्वर टोलका ३५ वर्षिय सुवेर चौधरीको ट्रिपर दुर्घटना परी मृत्यु भएको थियो ।

एउटै गाउँका तीन जनाको दुर्घटनामा मृत्यु हुदाँ सिंगो गाँउ शोकमग्न बनेको हो । दैनिक मजदुरी गरी जीविका चलाउदै आएका कविता र सुवेर दैनिक ६ सय रुपैया दिने सहमतिमा वैशाख महिनामा मुस्ताङ पुगेको कविताकी छोरी श्रृजनाले बताइन् ।

त्यस्तै सुवेरकी पत्नी देवन्ती चौधरी श्रीमानको मृत्यूको खबरले बेहोसी अवस्थामै छिन् । भखैर मात्र टिनको छाना लगाइ घर बनाएर मजदुरी गर्न गएका श्रीमानको काम गर्ने क्रममा मृत्यु भएपछि परिवार संकटमा परेको छ ।

उनिहरुसंगै राजपुर गाँउपालिकाका २ जनाको पनि दुर्घटना परि मृत्यु भएको छ । राजपुर गाउपालिका १ निवासी ३० बर्षिय बालकुमार घर्ति र राप्ती गाउपालिका–३ निवासी २५ वर्षिय कमल बुढाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा २० जनाको मृत्यु भएको थियो ।

दाङ, कैलाली र कपिलवस्तुका मृतक मजदुरहरुको शव शनिवार दिउ्रँसो नेपाली सेनाको हेलिकेप्टरद्धारा लमहीमा ल्याएको थियो । उनीहरुको शव लमही अस्पतालमा पोष्टमाटम पछि आफन्तलाइ बुझाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरक्षक अरुण कुमार सिहले बताएका छन् । उनीहरु मुस्ताङमा राम्रो कमाई हुने आशामा मजदुरी गर्न गएका थिए । ratopati

You might also like

Comments are closed.