असार २५, नेपाल सरकार गृह मन्त्रालयले व्यावासायिक प्रवेशाज्ञाको आडमा धर्म प्रचार गरेको आरोपमा फिलिपिनी दम्पतीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको छ ।
इसाइ धर्म प्रचारमा संलग्न भएका आरोपमा कुनै विदेशीलाई गृह मन्त्रालयले निष्काशन गरेको यो सम्भवतः पहिलो घटना हो । व्यावसायिक भिसा लिएका केही विदेशी चर्च चलाएर धर्म प्रचारमा संलग्न भएको उजुरी आएपछि गृह मन्त्रालयले अध्यागमनलाई छानबिन गर्न निर्देशन दिएको थियो ।
निष्काशित हुनेमा फिलिपिनी नागरिक दे भेरा रिर्चड र इन्डोनेसियाकी रिता गोङ्गा रहेका छन् । यसअघि सरकारले धर्म प्रचार गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था (एनजीओ र आईएनजीओ) दर्ता तथा नवीकरण नगर्ने र एनजीओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निश्कर्ष निकाल्दै सरकारले नियमनमा कडाई गरिने बताएको थियो । news24nepaltv
Comments are closed.