Nepal's First Video FM

विद्यालय जाने क्रममा माथिबाट खसेको ढुंगा लागेर एक किशोरीको मृत्यु

951

असार २५, दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशी राम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए ।

विद्यालय जाने क्रममा सोमबार बिहान ८ बजेतिर शैल्यशिखर नगरपालिकाको वडा नम्बर २ धौलेबगरस्थित माथिबाट खसेको ढुंगाले भट्टको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको बोहराले जानकारी दिए ।

मृतक भट्ट श्री सत्य प्रकाश मावि देथलामा कक्षा ९ मा अध्ययनरत थिइन् । घटनाबारे थप जानकारी लिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

You might also like

Comments are closed.