असार २५, कञ्चनपुरको भीमदत्तनगरमा जिल्ला भलिबल संघले सोमबारदेखि पाँच दिनसम्म प्रदेश नं ७ स्तरीय रेफ्री तालीम शुरु गरेको छ ।
उक्त तालीम शुभारम्भका क्रममा नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन शर्माले भने-‘तालीमबाट राम्रो शिक्षा लिएर कार्यान्वयन गर्न प्रशिक्षार्थीलाई आग्रह गर्दै भलिबलको परिधिलाई मनन गरी दक्षता हासिल गर्नु अर्थपूर्ण हुन्छ ।’
प्रदेश नं ७ का नौ वटै जिल्ला र प्रदेश नं ६ को कालिकोट र सुर्खेतबाट समेत गरी ४० जना प्रशिक्षार्थी सहभागी रहेको तालीममा भलिबलका विविध विषयमा जानकारी गराइने प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । सो अवसरमा राष्ट्रिय पुरुष भलिबल टोलीलाई खेल पोसाक प्रदान गरिएको थियो ।
Comments are closed.