Nepal's First Video FM

भालुको पित्त सहित दार्चुलाबाट दुई जना पक्राउ

740

असार २५, प्रहरिले दार्चुलामा भालुको पित्तसहित दुई जना पक्राउलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुला बाट प्रहरी सहायक निरीक्षक भान बहादुर चन्दको कमाण्डमा खटिएको गस्ती टोलीले ८ सय ९३ ग्राम पित्त सहित दुईजानलाई पक्राउ गरेको हो ।

महाकाली नगरपालीका वडा नं ४ बागाबगडमा पैदल हिडिरहेका व्यास गाउँपालीका ६ का ३६ वर्षिय भान सिंह धामीलाई प्रहरीले शंका लागेपछि चेकजाच गर्दा उनको साथ बाट ८ सय ९३ ग्राम पित्त बरामद गरेको हो ।

धामीलाई सोधपुछ गर्दा हुम्लाको सिमिकोट-७ का रेकशले मगाएको भन्ने बयानका आधारमा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागी जिल्ला वन कार्यालय दार्चुला पठाईएको प्रहरी नायव उरीक्षक अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.