Nepal's First Video FM

‘कहिँ कतै’मा नायक दिलिपलाई सन्तानको चिन्ता (भिडियोसहित)

595

साउन २५ गतेबाट देशभर रिलिज गरिने चलचित्र कहिँ कतैको ट्रेलर सार्वजनिक भएको छ । चलचित्र ‘कहिँ कतै’मार्फत दुई कलाकारले एकसाथ डेब्यु गर्दैछन् ।

रोमान्टिक, लव र पारिवारिक कथामा आधारित फिल्म ‘कहिँ कतै’ मार्फत नायिका सिवानी गुरुङ र सोनम बारफुङ्पाले डेब्यु गरेका छन् । फिल्ममा शिवानी र सोनमसँगै दिलिप रायमाझी, किशोर खतिवडा, उमा बेबी गिरी, प्रतिमा रसाइली, बिशाल चाम्लिङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छन् । डोमेनिक सेभियो डिसुजासँग मिलेर उमाले फिल्म निर्माण गरेकी हुन् । कमल राई र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । हेर्नुस् ट्रेलर भिडियो;

 

You might also like

Comments are closed.