असार २६, राजधानीको जडिबुटीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सल्लाघारीका १८ वर्षीय रोयल सुवेदी छन् भने घटनामा मोटरसाइकल चालक १७ वर्षीय अमन ढुंगेल घाइते भएका छन् ।
मृतक सुवेदी मोटरसाइकलको पछाडी सवार रहेको प्रहरीले जनाएको छ । मंगलबार भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ८७२५ नम्बरको ट्रिपरले मोटरसाईकललाई ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाका एसपी सुरेन्द्र मैनालीले जानकारी दिनुभयो ।
मोटरसाईकल चालकको बायाँ खुट्टामा चोट लागेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । घाइते ढुंगोलको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ ।
उनको बानेश्वरस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ । ट्रिपर चालक धादिङको धार्के गाउँपालिका स्थायी घर भएका बर्षीय हरिशरण राई र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments are closed.