Nepal's First Video FM

नेपाल आर्थिक अवस्थामा पछाडि परेपनि कला, संस्कृतिमा धनी : प्रधानमन्त्री ओली

553

असार २६, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सास्कृतिक, कला, ज्ञान र संस्कृतिमा धनी रहेको बताएका छन् । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानस्थित ‘पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखाना उद्घाटन तथा २०५औ भानु जयन्तीका अवसर’मा आयोजित कार्यक्रममा उनले नेपाल आर्थिक अवस्थामा पछि रहेपनि अन्य देशभन्दा संस्कृतिमा धनी रहेको बताए ।

‘‘ठूला ठूला देशमा नभएको भाषा, सस्कृति हामीमा रहेको छ’’उहाँले भन्नुभयो– ‘‘हाम्रा शहर कलामय छन । यहाँका झ्याल ढोका, भित्ता कलामयले सजिएका छन ।’’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यहाँका सस्कृति, कला, साहित्यलाई व्युताई र अद्यावधिक गर्न आवश्यक रहेको भन्दै सरकारले नेपालको प्राज्ञिक, संस्कृति, कला र शिक्षा क्षेत्रमा अगाडि बढाउने बताए ।

उनले प्रकृतिले दिएको स्वच्छताले नेपाल ज्ञानभूमि र तपोभूमि रहेको उल्लेख गदै विश्वको अग्लो (हाइट) सगरमाथा र लाइट गौतमबुद्ध नेपाल रहेको बताए ।

‘‘ हाइट र लाइट यहि रहेकोले ज्ञानभूमि र तपोभूमि भनिएको हो’’ उनले भने–‘‘ ऋषिमुनिले पनि यहि जन्मेका हुन । त्यसैले नेपाल ज्ञानको प्रादुर्भाव हो ।’ उनले प्रतिष्ठान राष्ट्रका प्रभुत्व व्यक्तिहरुको समूह रहेकोले खदिलो बनाउन आवश्यक रहेको भन्दै प्रतिष्ठानलाई प्रभावकारी बनाइने बताए ।

अर्को बर्ष साक्षरता अभियानलाई सफल पारि मुलुकबाट निरक्षरता हटाउने उहाँको भनाई रहेको थियो । उनले सवैलाई आफ्नो जीवनलाई सहज र आजको दुनियासंग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिइने समेत बताए । नेपाल केही समय कसैको औपनिवेशमा रहेकोले पछाडि परेको भन्दै उनले अव आफ्नो पालामा मुलुक अगाडि बढ्ने समेत बताए ।

‘‘ अव हामी कसैको थिचोमिचो र औपनिवेशिक छैनौ । नशासक न अरुबाट’’ उनले भने–‘‘त्यसैले अव नेपाललाई नयाँ दिशा, उचाई र नयाँ कदमका साथमा काम गरेर अगाडि बढाइने छ ।’’

उनले नेपाल सुशासन र विकासको युगमा प्रवेश गरिसकेको भन्दै यस अभियानमा सवै जुट्न आवश्यक रहेको धारणा समेत राखे राखे । उनले यसबर्ष भित्र तुइन विस्थापित भइसकेर जनताको पिडा समेत हट्ने बताए । प्रधानमन्त्री ओलीले आफू भारत भ्रमण र भारतीय प्रधानमन्त्री नेपाल भ्रमणपछि नेपाल र भारतबीचमा धेरै कुरामा गति लिएको समेत बताए ।

‘‘ हामीले प्रवुद्ध समूह गठन गरेर सन् १९५० को सन्धि पुनरावलोकन गरिरहेका छौ’’ उनले भने–‘‘ सिमा, व्यापार लगायत क्षेत्रका समस्या समेत समाधानको काम समेत अगाडि बढेको छ ।’’ उनले भानुभक्त आचार्यले नेपालको राष्ट्रियता भाषिक सुत्रमा वाँध्ने काम गरेको भन्दै नेपालको भाषा र साहित्यमा उल्लेखनिय योगदान पुर्याएको बताए ।

कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका डिभिजन प्रमुख वसन्तकुमार राईले कुल ४ करोड १२ लाख २६ हजार ३३१ रुपियामा तीन तले पुस्तकालय भवन निर्माण गरिएको जानकारी गराए ।

कुल १२ वटा कोठा रहेको उक्त भवनमा किताव बैक, अध्ययन कक्ष र विद्युतिय पुस्तकालय रहेका छन । पुस्तकालयमा भाषा, संस्कृति र अन्य बिषयका करिव ४० हजार पुस्तक रहेको प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारीले जानकारी गराए ।

यसैगरि आजै नै प्रज्ञा छापाखाना प्रधानमन्त्रीले उद्घाटन गरे । जर्मनबाट रु ११ करोड रुपियामा ल्याइएको उक्त छापाखानामा नेपाली भाषा, साहित्य सम्बन्धि पुस्तक छापिने भएको प्रशासन प्रमुख अधिकारीलेब बताए ।

You might also like

Comments are closed.