Nepal's First Video FM

यो बर्षको लागि आयो पुरै कमेडी तीज गीत “पत्नी पिडित संघ”(हेर्नुहोस)

973

विभिन्न विषयवस्तुहरूलाई समेटेर बजारमा तिज गित हरु आइरहेको सन्दर्भमा मा श्रीमान श्रीमतीबीचको सम्बन्धलाई आधार बनाएर सिर्जना गरिएको रेशम सापकोटा र सीता श्रेष्ठको पत्नी पीडित संघ तिज गित भर्खरै बजारमा आएको छ।

श्रीमान श्रीमतीका बिचमा बेलाबखत हुने गरेका विभिन्न खाले झगडाका विषयवस्तुहरूलाई आधार बनाएर सिर्जना गरिएको पत्नीपीडित संघले सामाजिक विषयवस्तुलाई उठान गर्न खोजेको छ।

गायिका सिता श्रेष्ठ र राजन पौडेल को आवाज रहेको गीतमा लय शब्द रेशम सापकोटाको रहेको छ। झलक संगितम को एरेन्ज रहेको गीतको अडियो भिडियो तरेलि कुन्जले गरेको छ भने राहुल राईको छायांकन र रोशन धितालको सम्पादन रहेको छ। निर्देशक रेशम सापकोटाको निर्देशनमा निर्माण भएको भिडियोमा कलाकारहरु डोमा लामा माधवप्रसाद सिग्देल सुशीला निरौला र राजन पौडेल को अभिनय रहेको छ।

गितको पूरा भिडियो हेर्न तलको लिन्क मा क्लिक गर्नुहोला।

You might also like

Comments are closed.