Nepal's First Video FM

द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीमाथि ठगीको आरोप, अनुसन्धान हुदै

691

माघ २४, नेपालको पहिलो द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीमाथि मानिसलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेको छ ।

केही समय अघि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रममा भाग लिन खड्गी सहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ ।

तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुल गरेर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको सूचना प्रहरीले पाएको थियो । त्यहीँ आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोेले उनीमाथि अनुसन्धान शुरु गरेको छ ।

खड्गीसँगै एउटै टोलीमा गएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामा लगायतका ११ जना युवा-युवती कोरियामै रहेको प्रहरीको शुरुको अनुसन्धानमा छ ।

You might also like

Comments are closed.