Nepal's First Video FM

अनसनरत डा. केसीको माग पूरा नगरे स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

704

असार २७, नेपाल चिकित्सक संघले अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य सेवासम्बन्धी माग तत्काल सम्बोधन नगरे देशभरका स्वास्थ्य सेवा बन्द गराउने चेतावनी दिएको छ ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले केसीको माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरु बाध्य हुने चेतावनी दिए ।
उनले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य बाहेकका अन्य मागसँग भने संघलाई कुनै सरोकार नरहेको पनि स्पष्ट पारे ।

अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफूले समस्या समाधानका लागि उच्च स्तरीय समिति तत्काल बनाउन माग गरिएको पनि जानकारी दिए । संघले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन विगत ३ दिनयता हातमा कालो पट्ठी बाँधेर विरोध प्रर्दशन गर्दै आएको छ ।

You might also like

Comments are closed.