Nepal's First Video FM

११ जना सवार विमान अलास्का पहाडमा ठोक्कियो, सबै सकुशल

737

असार २७, एजेन्सी । अमेरिकाको लसएन्जलसमा ११ जना सवार एक विमान दुर्घटना भएको छ । तर, भाग्यबस सबै सकुशल छन् ।

अमेरिकाका दक्षिणपूर्वी अलास्का पहाडमा विमान ठोक्किएको थियो । विमानमा १० यात्रु र एक पाइलट थिए । करिब दुई हजार फुटको उचाइमा उडिरहेको विमान अलास्का पहाडमा ठोक्किएको थियो । विमानमा सवार ११ जना घाइते मात्र भएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

विमानमा गडबडी आएको जानकारी पाइलटले दिएका थिए । त्यसलगत्तै तटरक्षकहरुले दुई हेलिकोप्टर विमानतर्फ पठाएका थिए । उनीहरूले तुरुन्तै दुर्घटनास्थलबाट सबैलाई उद्धार गरेका थिए ।

You might also like

Comments are closed.